समाचार

अछामको आब २०७८/०७९ को बार्षिक समीक्षा सुरु : मन्त्री कुवरद्धारा उदघाटन

अछाम जिल्लाको आर्थिक बर्ष २०७८/०७९ को बार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ ।अछाम बहुमुखी क्याम्पसको हलमा सुरु भएको समिक्षाको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले उदघाटन गर्नु भएको छ ।

सुदुरपश्चिम प्रदेशका पुर्व सामाजिक बिकास राज्यमन्त्री मना कुमारी साउद बिशिस्ट अतिथि रहनु भएको कार्यक्रम मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, साफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुवर, पुर्व प्रमुख कुल बहादुर कुवर, सबै पालिकाका उपाध्यक्ष, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सहभागिता रहेको छ ।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवरको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/