समाचार

अछामको तुर्माखाद गाउपालिका भुलु मा अविरल बर्षाका कारण पहिरो जादा तिन जनाको मृत्य

अछाम । अछामको तुर्माखाद गाउपालिका वाड न २ भुलु मा साउन ८ गते सोमबारको राति परेको अविरल बर्षाका कारण पहिरो जादा तिन जनाको मृत्य भएको छ । निरन्तर वर्षा संगै पहिरो जादा अमर बहादुर विष्टको घर भत्किएको हो । स्थानीय अमर बहादुर विष्टको घर भत्किदा घरमा सुतिरहेको अबस्थामा विरेन्द्र विष्ट, सविधान विष्ट र हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

तेस्तै पहिरोमा परि नैना विष्ट गम्भीर घाईते बानेकि छिन । साथै पहिरोमा पुरिएर घरमा रहेका गाई बस्तु बाख्रा र अन्य धन माल पुर्ण रुपमा नष्ट भएको छ ।स्थानीयका अनुसार अहिले प्रहरी घटना स्थलमा पुगेर उद्दार कार्या जारि रहेको बताए । निरन्तर बर्षाका कारण पहिरोले सबै जनधन नस्ट भए पछि अहिले अमर बहादुर विष्टको परिबार अलपत्र परेको छ । स्थानीयले सम्बन्धि निकाय तथा राहतकार्यका लागि तदारुकता साथ अगाडी आइदिन अनुरोध पनि गरेका छन्

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/