समाचार

अछामको मेल्लेखमा ट्र्याक्टर दुर्घटना १ जनाको मृत्यु,४ जना घाइते

जिल्लाको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ ठाँटीको दर्वा र बगुडाको बिचमा पर्ने बुढा खोलामा ट्र्याक्टर दुर्घटनामा परि १६ वर्षीय मनीषा बुढाको मृत्यु भएको हो भने अन्य ४ जना किशोरी घाइते भएका हुन् ।

से २ त ३४३१ नम्बरको ट्र्याक्टर दुर्घटनामा परि घाइते हुनेमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सुस्मिता बुढा,१४ वर्षीय पार्वती बुढा,करिस्मा बुढा,कक्षा ६ मा पढ्ने १२ वर्षीय पुष्पा बि.क रहेका छन् ।

उनीहरू पिपलसैन माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् । गाडी चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताएको छ । घाइतेको बयालपाट अस्पतालमा उपचार भैरहेको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/