समाचार

अछाममा चट्याङ लागेर १ जना घाईते ,९ वटा बाख्रा मरे

अछाममा चट्याङ लागेर ९ वटा बाख्रा मरेका छन् भने बाख्रा गोठाली घाइते भएकी छन् ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बालिका घाइते भएकी हुन भने ९ वटा बाख्रा मरेका हुन् ।

शनिवार साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतका कृषकका ९ वटा बाख्रा मरेका बताइएको छ ।

स्थानीय मनीराज भट्टराईका अनुसार चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका हुन भने बालिका सामान्य घाइते भएकी हुन् ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/