समाचार स्थानीय स्वास्थ्य

अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री सहयोग

अछामको मेल्लेख गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरु लाई सहायक सामग्री सहयोग गरिएको छ ।
अपांगता भएका व्यक्तिहरुकाे समस्य लाई मध्यनजर गर्दै मेल्लेखका प्रत्येक वडा बाट अपाङ्गता भएका व्यक्तिहरकाे प्रकृति हेरेर तथ्यांक आधारमा पालिका भरिका ४५ जनालाई बैशाखि,२४ जनालाई हुलचियर ,१ जनालाई वाकर सहायता काे रुपमा सहयोग गरेकाे महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले जानकारी दिनुभएको छ ।
साे सामाग्री मेल्लेख मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले सम्बन्धित वडा बाट हस्तान्तरण हुने गरि वडा अध्यक्ष् मार्फत सम्बन्धित व्यक्तिकाे घरमा पुग्ने गरि हस्तान्तरण गर्न भएको थियोे ।
उक्त सामाग्री मेल्लेख गाउँपालिका महिला तथा बालबालिका शाखाको सहयोगमा हस्तान्तरण गरिएको जनाएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/