खेलकुद

कमलबजारमा सम्पन्न पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि मेल्लेखलाई

 

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित अन्तर पालिका स्तरीय महिला भलिवल प्रतियोगीताको आज भएको फाईनल खेलमा मेल्लेख गाँउपालिकाको टिम प्रथम भएको छ । प्रतियोगीतामा कमलबजार नगरपालिकाको टिम द्धितिय भएको छ । यस अघि तृतिय स्थानका लागी हिजो भएको खेलमा पञ्चदेवल विनायक नगरपालिकाको टिम लाई हराएर साँफेवगर नगरपालिकाको टिम तृतिय स्थान हासिल गर्न सफल भएको थियो भने पञ्चदेवल विनायक नगरपालिकाको टिम सान्त्वना भएको थियो ।

कमलबजार नगरपालिकाको आयोजना तथा सम विकास नेपालको सहआयोजनामा भएको प्रतियोथीतामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना स्थान हासिल गर्ने टिम तथा खेलाडीलाई नगद पुरस्कार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रथम हुने टिम मेल्लेख लाई १ लाख ५१ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र दिइएको छ ।यस्तै द्धितिय कमलबजार लाई १ लाख एक हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र, तृतिय साँफेवगर लाई ५१ हजार नगद सहित मेडल र प्रमाणपत्र र सान्त्वना स्थान हासिल गरेको पञ्चदेवल विनायक लाई २१ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै उत्कृष्ट ६ विधाका खेलाडिलाई ३ हजार नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

मंसिर २५ गते समापन गरिने बताइएपनी मौसमका कारण दुई दिन ढिलो गरी आज फाईनल खेल तथा समापन कार्यक्रम सम्पन्न भएको हो । कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको प्रतियोगीताको समापन कार्यक्रममा प्रतिनिधी सभाका सदस्य पुष्प बहादुर शाह प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथीको आसन बाट प्रतिनिधी सभा सदस्य शाहले खेलकुदका क्षेत्रबाट खेलाडीले राष्ट्रलाई चिनाउन महत्वपुर्ण खेलिरहेको बताउनु भयो । उहाँले स्थानीय प्रदेश तथा संघ तिनै सरकारले खेल क्षेत्रमा लगानी गर्नु पर्ने र खेलाडी लाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । अछाममा लैंगिक विभेद तथा छाउपडी कुप्रथा लगायतका छुवाछुत जस्ता कुप्रथा हटाउन सबै सरोकारवाला लाग्नुपर्ने बताउनु भयो । आयोजकले खेलक्षेत्रको माद्यम मार्फत महिला सशक्तिकरणको सवाल उठाएकोले धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधी, पुर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी खेलाडी पत्रकार लगायतको सहभागीता रहेको थियो । कमलबजार नगरपालिकाका नगरउपप्रमुख शारदा बिष्ट कुँवरको स्वागत मन्तव्य बाट सुरु भएको समापन कार्यक्रमको सञ्चालन लोकेन्द्र कुमार चलाउनेले गर्नु भएको थियो

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/