समाचार स्थानीय

कुस्काेटमा वडा स्तरीय बाल क्लब पुनः गठन

बैशाख ३ मेल्लेख
अछामको मेल्लेख गाउँ गाउँपालिका वडा न .४ कुस्काेटमा  वडा स्तरीय बाल क्लब पुनः गठन गरिएको छ । आज भएको बाल भेला बाट धन साउदकाे अध्यक्षतामा २१ सदस्यीय बाल क्लब गठन पुनः गठन गरिएको हाे ।
जस्काे उपाध्यक्ष धना साउद काेषाध्यक्ष लक्ष्यम मिजार सचिव नरेन्द्र साउद र सह सचिव जुना साउद लगायतका सदस्य रहेका छन ।
बाल क्लब का सचीव नरेन्द्र साउद को अध्यक्षतामा भएको बाल भेलाका प्रमुख अतिथि वडा न ४ का वडा सदस्य सालीभान साउद र विशिष्ट अतिथी बाल अधिकार समिती सचिव एवम वडा कार्यालय सहायक दिल ब साउद रहनु भएको थिए ।
सानै छु बढ्न देउ
बाल विवाह होईन पढन देउ , भन्ने मुल नाराका साथ
बाल भेला सुरु भएको थियो । बालबालिका लाइ लगानी ,नीति, निर्माण बाल सहभागीता ,बालमैत्री शासन , बालबालिकाकाे सरोकार ,बाल भेलाकाे उदेश्य , स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धि जानकारी तथा सहजिकरण आस्था नेपालका सामाजिक परिचालक तपेन्द्र वि क र तित बहादुर विश्वकर्मा ले गर्नु भएको थियो ।
भेला वाट बालबालिकाका विभिन्न सवालहरु पनि प्राथमिककरण को आधारमा कार्ययाेजना समेत तयार परेकाे छ।
जस्तै छौपडी प्रथा,बाल बिबाह ,सेनिटरि प्याड डिस्पाेज ,प्याड बदल्ने काेठाकाे समस्या
जातिय छुवाछूत विद्यालयमा खानेपानी शौचालय को व्यास्थापन ,
बाल मैत्री सरचना अभाव जस्था थुप्रै सवाल उठेका थिए
साे सवाल लाई न्यूनीकरण गर्न ,बाल भेला वाट याेजना माग र भेलामा उठेको समस्यालाई समाधान गर्न कार्ययोजना सहित अघि बढने निर्णय समेत गरिएको छ ।

भेला आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे सहयोग ,वडा कार्यलय काे समन्वय र वडा स्तरीय बाल क्लब काे आयाेजनामा भएको हाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/