समाचार

घट्टेडाँडा आधारभूत बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा पुनःकेशर खड्का चयन

अछामको मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेबासिनि सरानिमा रहेको घट्टेडाडा अधारभुत बिद्यालय काे अभिभावक भेला सम्पन्न भएकाे छ ।
भेलाबाट केशर खड्का कै अध्यक्षतामा ९ सदस्यीय नयाँ बिद्यालय व्यवस्थापन समिति गठन गरेकाे छ । जस्काे सदस्य मा चक्र बिक , सरभान खडका , प्रकाश खड्का ,दिपक खड्का पसुपति सार्की ,रेखा खड्का ,शिक्षक प्रतिनिधि युवराज बटाला र सदस्य सचिव ध्वज बहादुर खड्का रहेका छन । भेला काे मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नु भएको थियोे । साउदले उद्घाटनमा बाेल्दै मेल्लेख काे शैक्षिक बिकास काे लागि ,गाउँपालिका बाट हुने सहयोगमा कुनै कसुर बाकी नराख्ने बताएका छन ।
शैक्षिक सुधारको लागि ,गाउँपालिका बाट लगानी, शिक्षा क्षेत्रमा मा नै पहिलो प्रथामिकतामा राखेकाे बताए ।
भेलामा सामाजिक बिकास सयाेंजक तथा वडा न ५ का वडा अध्यक्ष प्रकाश अधिकारी ,मेल्लेख शिक्षा शाखा अधिकृत बिरेन्द्र खड्का समाजसेवी पदम खड्का गाेबिन्द खड्का लगायतको सहभागिता रहेकोे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/