स्थानीय

जाेखिम तथा विपन्न परिवारलाई बाख्रा सहयोग

मंसिर ३० मेल्लेख

अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका वडामा रहेका  जाेखिम तथा विपन्न परिवारलाई बाख्रा सहयोग गरिएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोग  वाक नेपालकाे साझेदारी  एकीकृत उत्थानशिल जिबिका पार्जन तथा  पाेषण परियाेजना अन्तर्गत व्यावसायमा  निर्वाहमुखी जिविकाेपार्जन कार्यक्रम  अन्तर्गत उनीहरूलाई आइतबार  स्थानीय खरि जातका बाख्रा सहयोग  गरिएको हो ।

मेल्लेख गाउँपालिकामा रहेका गरिब तथा विपन्न परिवारलाई व्यवसायमा उत्प्रेरित गर्ने गरी वल्र्ड भिजन वाक नेपालले सो बाख्रा सहयोग गरेको हो ।

दयनीय अवस्था भएर जिविकोर्पाजन गर्न सकस भएका यहाँका घरपरिवारलाई बाख्रा पालनामा व्यवसाय मार्फत  सहज हुने गरि मेल्लेख गाउँपालिका अन्तर्गतका वडा बाट छनाेट गरिएका  ९ जना र १ जना साँफेबगर नगरपालिकाका गरि  १० जानालाई ३ देखि ४ वटा बाख्रा सहयोग गरेको  परियोजना अधिकृत निरन्जना पनेरुले जनाएकाे छ ।बाख्रा वितरण कार्यक्रमा वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर महर वाक नेपाल कार्यसमिति अध्यक्ष मीन बहादुर कुवर लगायतकाे सहगिता थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/