फागुन ६ मेल्लेख
मेल्लेख गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाने विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच सम्मानपूर्वक विदाई गरेको छ।
अछामको चाैरपाटी गाउँपालिकाकाे खेलमैदानमा फागुन ७ गते देखि सुरु हुनलागेको १५ औं राष्ट्रपति रनिङ शिल्ड तथा बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने बिद्यार्थीहरुलाई मंगलबार बिदाइ गरेकाे हाे ।
गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै खेलकुदले अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने बताउनुभयो। सहभागिता नै महत्वपूर्ण हो। हामी उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्छौं,” उहाँले भन्नुभयो।
बिदाइ कार्यक्रममा सामाजिक विकास सयौंजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र बहादुर साउद वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारी निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा शिक्षा अधिकृत बिरेन्द्र बहादुर खड्का शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको।



