समाचार

तुर्माखाँदकि सुत्केरीको हेलिकप्टरबाट उद्धार

अछाममा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुकी कृष्ण बिकलाई सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत उद्घार गरेर सुर्खेत पठाइएको हो ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि कृष्णलाई हेलिकप्टर मार्फत सुर्खेत लगिएको स्थानीय कमल कोलीले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी.ले बताए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/