त्रिवेणीमा सक्रिय बन्दै स्काउट मास्टर र स्काउट ट्रूप !
समाचार

त्रिवेणी नगरपालिकामा सक्रिय बन्दै स्काउट मास्टर र स्काउट ट्रूप !

सुन्दर सुदुरपश्चिम बाजुरा जिल्ला त्रिवेणी नगरपालिका स्थित आस्थाको धरोहर ,भु- स्वर्ग ,प्रसिद्ध  तिर्थस्थल बडिमालिका मन्दिर अवस्थित  शक्तिपिठहरुमध्ये एक प्रमुख शक्ति पिठकाे रुपमा लिइन्छ , जहाँ साउन शुक्ल चतुर्दशीका दिन खास पूजा लाग्ने गर्दछ साेहि अवसरमा नेपाल स्काउट, सुदुरपश्चिम प्रदेश,स्थानीय स्काउट  त्रिवेणी नगरपालिकाले सञ्चालन गरेकाे बडिमालिका नाटेश्वरी सेवा शिविर -२०७९ मा उपस्थित  त्रिवेणी न.पा. अन्तर्गतका  बिधालयहरु  श्री रत्न मा.वि,सेलिफाल,का स्काउट मास्टर शिव राज बाेहरा,श्री मस्टेश्वरि मा.वि पन्धारा का स्काउट मास्टर भुवेन्द्र शाह,श्री कैलासेश्वरि मा.वि, दम्था का स्काउट मास्टर चन्द्र बहादुर रावल र श्री बडिमालिका मा.वि पन्धारा का स्काउट मास्टर तुल बहादुर बुढा लगायतका बिधालयहरुमा संचालित स्काउट  ट्रूप हरुले ५ दिनकाे सेवा शिविर २०७९-०४-२८ गते नाटेश्वरीमा सरसफाइ र विभिन्न स्काउटिङ क्रियाकलाप सहित नगर संयोजक चन्द्र बहादुर अयडी काे सरसल्लाह र श्री रत्न मा.वि. का  प्रधानाध्यापक हर्क बहादुर बुढाको उपस्थितमा कार्यक्रम समापन भएको थियोे ।


त्रिवेणी नगरपालिकाले सञ्चालन गरेकाे बडिमालिका नाटेश्वरी सेवा शिविर -२०७९ हिजाे विभिन्न स्काउटिङ क्रियाकलाप सहित समापन भएको छ !

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/