वैशाख १७
अछामको मेल्लेख गाउँपालिकाका स्थानीय दलित ,महिला जनप्रतिनिधि तथा दलित अगुवा हरुले दलित समुदायको अधिकार सम्बन्धि विधेयक सभामा पेश गर्ने प्रतिबद्धता जनाएका छन।
याे आर्थिक बर्ष २०८२/०८३ काे गाउँ सभाकाे अधिवेशनमा विधेयक पेश गर्नका लागि आवश्यक गृहकार्यमा जुट्ने बताएका हुन ।
समावेशी र समानताका लागि ,दलित सशक्तीकरणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारकाका साथ, मेल्लेख गाउँपालिका दलित समुदायलाई जातिय विभेद अन्त्यका लागि सशक्तीकरण कार्यक्रमकाे आयाेजन गरिएको थियो । कार्यक्रम मेल्लेख गाउँपालिका महिला तथा बालबालिका शाखाको आयाेजनामा
बुधबार सम्पन्न भएको हाे ।
महिला तथा बालबालिका शाखा प्रमुख सावित्री देवि खड्काको अध्यक्ष्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष नृप बहादुर खड्का रहेको थिए ।
उपाध्यक्ष खड्काले रचनात्मक कार्यका लागि आफ्नो सदैव सहयोग रहने बताएका छन ।
विधेयक निर्माणका लागि आवश्यक सहयोग गर्ने र विधेयक प्रतिवेदनको रुपमा बुझाउन पनि जानकारी दिनुभयो ।
दलितका अधिकार तथा विकासका सम्बन्धी विधेयक सभामा आवश्यक गृहकार्य गरि छलफल गरिने बताएका छन ।
यस्तै कार्यपालिका सदस्य लालसरा कुमारी बिकले राजनीतिले आँखा नचिम्लिने गरी ऐन बनाउन जरुरी रहेको बताउनुभयो ।
यसै गरि वडा सदस्य नृप आउजीले दलित समुदायको अधिाकार तथा विकासका लागि दलित विकास समिति शाखा पनि जरुरी रहेकाे बताएका छन । विभेदको अन्त्य गर्न पहिले दलित दलित बिचकाे भेदभाव अन्त्य हुनुपर्ने कुरामा जाेड दिएका छन ।
मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय तथा शिक्षा अधिकृत बिरेन्द्र बहादुर खड्काले व्यावहार, सामाजिक चेतना परिवर्तन र दलित वर्गको उत्थानका लागि विधेयक आवश्यक रहेको बताए । मेल्लेख गाउँपालिका दलित जनप्रतिनिधि तथा दलित अगुवाहरुका सहभागीता रहेको कार्यक्रमकाे सहजिकरण अधिवक्ता शिखर खड्का प्रशिक्षक एलिशा कुँवर र पत्रकार सुरत सुनारले गरेका थिए । कार्यक्रममा दलित समुदायका लागि कानुनी अबधारण कार्यनयनकाे अवस्था बारे पनि व्यापक छलफल गरिएको थियाे



