वडा नं. ६

नन्देश्वरी मावि षोडशाको महायज्ञमा करिव साढे ५७ लाख दानस्वरुप संकलन

मेल्लेख ९  बैशाख

अछाम। नन्देश्वरी माविको स्तरोन्नतिका लागि संचालित महायज्ञमा करिव साढे ५७ लाख दानस्वरुप संकलन भएको छ।  महायज्ञ प्रचारप्रसार समितिका संयोजक प्रेम खड्काले दानस्वरुप रकम संकलन हुने कार्य जारी रहेको बताउनु भयो।

मेल्लेख गाउँपालिका वडा नं ६ षोडशादेवीमा बैशाख ३ गतेदेखि संचालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आज सम्पन्न भएको छ। महायज्ञ समापन समारोहका प्रमुख अतिथि अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले संकलित रकमको बिउँपूजी नमास्न सुझाब दिनुभयो। प्रमुख जिल्ला अधिकारी सारुले संकलित रकम अक्षय कोष निर्माण गर्न आवश्यक सक्दो सहयोग गर्न आफू तयार रहेको पनि बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले पनि दानबाट संकलित रकमको सही सदुपयोग हुनु पर्नेमा जोड दिनुभयो। महायज्ञ समापन कार्यक्रममा टेकबहादुर रावल, लोकबहादुर बोहरा, वडाअध्यक्ष तिलकबहादुर कडायत, पूर्ववडाअध्य नरपति रावल, वडा सदस्यहरु रतन खड्का, देवसरा खड्का रावल, नृपबहादुर खड्का, मीनबहादुर बुड्थापा, पार्वति बोहरा, गणेश साउँद, चक्रपाणि भट्टराईलगायतले मन्तब्य राख्नु भएको थियो।

महायज्ञमा भागवत भुुषण पण्डित नारायणप्रसाद तिमिल्सिनाको टोलीले कथा बाचन गरेको थियो। बीरबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा चेतबहादुर खड्काले स्वागत गर्नु भएको थियो भने संचालन नन्देश्वरी माविका प्रधानाध्यापक पृथ्वी रावलले गर्नु भएको थियो।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/