समाचार

नेपाल राहत शिक्षक समिति मेल्लेखकाे अध्यक्षमा राम बहादुर साउद चयन

मेल्लेख : अछामको मेल्लख गाउँपालिकामा नेपाल राहत शिक्षक समितिकाे पाचौं गाउँ अधिवेशन आज सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशन बाट राम बहादुर साउदकाे अध्यक्ष्यतामा १३ सदस्य पालिका स्तरीय नेपाल राहत शिक्षक समिति चयन गरेकाे हाे ।

जस्काे उपाध्यक्ष डम्बर तिरुवा ,काेषाध्यक्ष्य पार्वती बाेहरा सचिब मनाेज साउद सहसचिवमा तिलक शाह लगायतका सदस्य रहेका छन ।
नेपाल राहत शिक्षक समिति मेल्लेखका अध्यक्ष झंकार कडायत काे अध्यक्ष्यतामा भएको अधिवेशनका प्रमुख अतिथि नेपाल राहत शिक्षक समिति जिल्ला अध्यक्ष मनिराज महर र बिशिस्ट नेपाल राहत शिक्षक प्रदेश समिति सदस्य नन्द बहादुर खड्का रहेका थिए । अधिवेशन काे संचालन शिक्षक तेज बहादुर साउदले गरेका थिए । अधिवेशनमा मेल्लेखका राहत शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/