समाचार

पत्रकार कुँवरद्धारा जन्मदिनको खर्च सामाजिक कार्यमा

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तथा रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा लगाउनुभएको छ । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर उहाँले १० हजार रुपैया सामाजिक कार्यमा लगाउनुभएको हो ।

प्रदेश सदस्य कुँवरले वाथ रोगका कारण थला परेका साँफेबगर नगरपालिका वडा नं.२ जाल्पादेविका नविन आउजीलाई ५ हजार र वैद्यनाथ वेद विद्याश्रममा स्थापित वैदिक छात्रवृति अक्षय कोषमा ५ हजार सहयोग गर्नुभएको छ । अरुलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा प्रदेश सदस्य कुँवरको भनाई रहेको छ । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु गलत संस्कार रहेको उहाँको भनाई रहेको छ ।

वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा भएको सहयोगले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने वैद्यनाथ वेद विद्याश्रमका निमित्त प्रार्चाय केशवराज जोशीको भनाई रहेको छ । उहाँले सहयोग सानो ठूलो जे भएपनि अभियानको सुरुवात नै ठूलो रहेको बताउनुभयो ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेका नविन आउजीले उपचारको लागि केही सहयोग पुग्ने बताउनुभयो । आफ्नै घरमा नै आएर आर्थिक सहयोग गरेकोमा पत्रकार कुँवरप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । प्रदेश सदस्य कुँवरले आगामि दिनमा पनि फजुल रुपमा हुने खर्चलाई सामाजिक क्षेत्रमा छुट्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

अघिल्लो वर्षमा पनि कार्यकारी निर्देशक कुँवरले हेल्प अछामलाई सहयोग गर्नुभएको थियो । पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तथा रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा लगाउनुभएको छ ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर उहाँले १० हजार रुपैया सामाजिक कार्यमा लगाउनुभएको हो ।
प्रदेश सदस्य कुँवरले वाथ रोगका कारण थला परेका साँफेबगर नगरपालिका वडा नं.२ जाल्पादेविका नविन आउजीलाई ५ हजार र वैद्यनाथ वेद विद्याश्रममा स्थापित वैदिक छात्रवृति अक्षय कोषमा ५ हजार सहयोग गर्नुभएको छ ।

अरुलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा प्रदेश सदस्य कुँवरको भनाई रहेको छ । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु गलत संस्कार रहेको उहाँको भनाई रहेको छ ।

वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा भएको सहयोगले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने वैद्यनाथ वेद विद्याश्रमका निमित्त प्रार्चाय केशवराज जोशीको भनाई रहेको छ । उहाँले सहयोग सानो ठूलो जे भएपनि अभियानको सुरुवात नै ठूलो रहेको बताउनुभयो ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेका नविन आउजीले उपचारको लागि केही सहयोग पुग्ने बताउनुभयो । आफ्नै घरमा नै आएर आर्थिक सहयोग गरेकोमा पत्रकार कुँवरप्रति उहाँले खुसी व्यक्त गर्नुभयो ।

प्रदेश सदस्य कुँवरले आगामि दिनमा पनि फजुल रुपमा हुने खर्चलाई सामाजिक क्षेत्रमा छुट्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । अघिल्लो वर्षमा पनि कार्यकारी निर्देशक कुँवरले हेल्प अछामलाई सहयोग गर्नुभएको थियो 

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/