समाचार

पालिका स्तरिय भलिबलको उपाधी मेल्लेखलाई

जिल्लाको साँफेबगरमा सम्पन्न पालिका स्तरि खुल्ला पुरुष भलिबलको उपाधी मेल्लेख गाँउपालिकाले हात पारेको छ ।
छैटौँ साँफेबगरको महोत्सवको अवसरमा आयोजना गरिएको भलिबलको फाइनल खेलमा बुढीगंगा नगरपालिका बाजुरालाई पराजित गर्दै मेल्लेखले उपाधी हात पारेको हो ।

आईतबार बिहान भएको फाईनल खेलको पहिलो सेट बुढीगंगाले जितेपनि त्यसपछि लगातार ३ सेट मेल्लेखले जित्दै उपाधी हात पारेको हो ।

जित संगै मेल्लेख गाँउपालिकालले १ लाख ५१ हजार, टफ्रि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बुढीगंगाले १ लाख १ हजार, टफ्रि, मेडल र प्रमाण पत्र पाएको छ ।

यस्तै तेश्रो हुने २ टिम साँफेबगर नगरपालिका र जनप्रिय एफएमले २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएका छन् । खेलको अवसरमा मेल्लेखका खेलाडीले बिभिन्न नगद पुरस्कार र अन्य उपहार समेत पाएका थिए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/