समाचार स्थानीय

पालिका स्तरीय बालकाेष बाट जाेखिमामा रहेका १६ जना बालबालिकालाई स्टेसनरी सहयाेग ।

साउन २५
अछाम जिल्ला काे मेल्लेख गाउपालिका मा रहेका १६ जना बाल बालबालिकाहरुलाई स्टेसनरी सामान सहयोग गरेकाे छ । अास्था नेपाल र मेल्लेख बालअधिकार समिति काे सहयोगमा समस्यामा परेका अामा बाबु गुमाएका र अति जाेखिममा रहेका बालबालिकालाई छनाेट गरि बालबालिकाकाे पढाइमा सहयोग पुग्ने गरि साे शैक्षिक सामाग्री हस्तान्तरण गरिएकाे छ ।

पालिकाकाे बाल काेष बाट मेल्लेख प्रति वडा का दुई दुई जना गरि १६ जना बालबालिकाहरुलाई बिद्यालय मा लगाउने लुगा ( ड्रेस) १५ वटा कापि १ दर्जन कलम अाैजार बकस र ,झाेला सहित प्रति बालबालिकालाई ३ हजार २ सय चार रुपैया गरि जम्मा ५१ हजार दुई सय ७८ बराबरको स्टेसनरी सामान सहयोग गरिएकाे हाे ।

उक्त सामाग्री वितरण कार्यक्रममा मेल्लेख गाउपालिका उपाध्यक्ष तथा बालअधिकार समिति सयौंजक नृप बहादुर खड्का काे अध्यक्ष्ाता मा भएको कार्यक्रम प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउंद रहनु भएकाे थिए । सामान वितरण तथा सहयोग कार्यक्रममा मेल्लेख गाउपालिका अन्तर्गत का वडा अध्यक्ष हरु काे सहभागिता रहेकाे थियाे सामान सहयोग बितरण कार्यक्रम काे संचालन अास्था नेपालका फिल्ड अधिकृत तथा बालअधिकार समिति सदस्य भ्वान सिह सार्की ले गर्नु भएकाे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/