जेठ ९ मेल्लेख
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीमा रहेकाे पिपल सैन माविको दुई काेठे पक्की भवनको आज शिलान्यास गरिएको छ । स्थानीय तहको थप विकासलाई प्राथमिकता दिँदै मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले आज एक समारोहका बीच दई कोठे पक्की भवनको शिलान्यास गरेका छन्।
उक्त भवन दार्बाकाे पिपल सैन माविमा निर्माण हुन गइरहेको हो, जसमा दुई वटा कोठा रहनेछन्। भवनको निर्माण कार्य बुद्धि निर्माण सेवाको सहकार्यमा सम्पन्न गरिनेछ।
शिलान्यास कार्यक्रममा बाेल्दै अध्यक्ष साउदले भने ,
विद्यालयका भौतिक संरचनाको विकासले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताउँदै, “गुणस्तरीय शिक्षा प्रवाह गर्न सुरक्षित र सुविधा सम्पन्न संरचना अत्यावश्यक भएकाले यसप्रति पालिका प्रतिबद्ध रहेको बताएका छन
स्थानीय विकास र जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्ता संरचनाहरु आवश्यक छन्। हामी पारदर्शिता र गुणस्तरीय निर्माणमा विशेष ध्यान दिनेछौं।”
स्थानीय बासिन्दाहरुले यो भवनले समुदायको आवश्यकता पुरा गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा वडा नम्बर दुईका वडा अध्यक्ष कुसलराज बुढा वडा नम्बर ३ का वडा अध्यक्ष नाैले रावल स्थानीय जनप्रतिनिधिहरु समाजसेवी भिम बहादुर बुढा ,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दान बहादुर बुढा प्रधानध्यापक नृप बहादुर बुढा लगायत स्थानीय अभिभावकको उपस्थिति रहेको थियो।। सो भवन विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीलाई सुरक्षित र अनुकूल सिकाइ वातावरण उपलब्ध गराउने उद्देश्यले निर्माण गरिन लागेको हो।