स्वास्थ्य

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण सम्पन्न

बैशाख २६

अछामको गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा पालिका स्तरीय खाेप समन्वय समितिका सदस्य नृप बहादुर खड्काको अध्यक्ष्यतामा बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

बैठकमा खोप कार्यक्रमको वर्तमान अवस्था, चुनौतीहरू, समाधानका उपाय र दीगो खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक रणनीतिहरूमा छलफल गरिएकाे थियो।

स्वास्थ्य शाखाका नृप बहादुर बुढाले  खोप कार्यक्रमको अद्यावधिक तथ्याङ्क प्रस्तुत गर्दै खोपको महत्व, खोप सुनिश्चितता, आपूर्ति व्यवस्थापन र समुदायको सहभागिता बढाउने उपायहरूबारे जानकारी गराए। साथै, अभिमुखिकरण सत्रमा सहभागीलाई खोप कार्यक्रम सञ्चालन प्रक्रियाबारे थप जानकारी दिइयो। हाल मेल्लेखमा ९ सय ३९ बालबालिका मध्य ९ सय ३४ जनाले खाेप लगाएको सर्वेक्षणले देखाएको छ ।

छुट ५ जना बालबालिकालाई पनि खाेप लगाइएका छ ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले पूर्ण खोप सुनिश्चितता र दीगो खोप कार्यक्रम कार्यान्वयनका लागि आपसी सहकार्यमा प्रतिवद्धता जनाएका थिए।

यस्तै पालिका स्तरिय खाेप समन्वय समितिले वडा खाेप समन्वय समितिलाई पूर्णखाेप घाेषणाकाे प्रमाणिकरणका लागि अनुमानित दिने जिल्ला खाेप समन्वय समिति बटा अनुगमनको लागि अनुरोध गर्ने  निर्णय पनि गरेकाे छ ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा , स्वास्थ्य शाखा प्रमुख, वीर बहादुर ठकुल्ला ८ वटै वडा का वडा  अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/