समाचार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा

काठमाडौं : सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो ।बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो ।यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा भएको थियो । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठकस्थलबाटै एक मन्त्रीले चुनावको मिति मंसिर ४ तोकिएको र अन्य एजेण्डामा छलफल भइरहेको बताए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/