समाचार

बन कार्यलय स्थानीय सरकार र उपभोक्ता समहुहरु बिच मेल्लेखमा अन्तक्रिर्या

अछाम जिल्ला काे मेल्लेख गाउँपालिकामा बन कार्यलय स्थानीय सरकार र उपभोक्त समुहहरु बिच अन्तरक्रिया गाेष्ट शुक्रबार सम्पन्न भएको छ । डिभिजन बन कार्यलय अछाम र मेल्लेख गाउँपालिकाकाे समन्वयमा गाष्ठीकाे आयाेजना गरिएको हाे ।

डिबिज बन कार्यलय अछामका प्रमुख भाेजराज सर्मा काे अध्यक्षतामा भएको अन्तरक्रिया गाेष्ठिका प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए।
साउदले बाेल्दै मेल्लेख बन जंगल संरक्षणका निम्ति पालिकाबाट पनि  बिशेश कार्यक्रमकाे पहल गरिने बताएका छन । बन जंगल जाेगाउन सबैकाे दायित्व भएकोले आ-आफ्नो ठाउँ बाट सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन ।

यस्तै बिशिस्ट अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खडका रहनुभएका थिए ।
गाेष्ठिमा मेल्लेख गाउँपालिका अन्तर्गत रहेका सामुदायिक बन उपभोक्त समुहकाे बर्तमान अबस्था ,बनका समस्या र समाधान बारे छलफल गरिएको थियोे ।

बन संरक्षण तथा व्यवस्थापनमा मेल्लेख गाउपालिकाकाे भुमिका ,र बन तथा बाताबरण संरक्षण सम्बन्धि बर्तमन निति एन नियम बारे जानकारी समेत गराएको थियो ।

गाष्ठिमा वडा अध्यक्ष ,कार्यपालिका सदस्य तथा उपभोक्त समुह का प्रतिनिधि हरुले आ आफ्नो धारणा राखेका थिए ।
गाेष्ठिमा प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा ,बन अधिकृत बिमल चन्द लगायतको सहभागिता रहेकाे थियाे गाेष्ठिकाे संचालन सहायक बन अधिकृत गणेश सिह ठगुन्नले गर्नु भएको थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/