समाचार स्वास्थ्य

बर्थिङ सेन्टरका नर्सिङ स्टाफ अनमी लाइ सीप बिकास तालिम

असार १० मेल्लेख
अछामको मेल्लेख गाउँपालिका वडा न.३ र ४ मा रहेको बर्थिङ सेन्टरमा कार्यरत अनमि नर्सिङ स्टाफ  हरुका लागि, मातृ तथा बालबालिका स्वास्थ्य सेवा अन साइट सम्बन्धि तीन दिने  तालिम सम्पन्न भएकाे छ ।
वाक नेपालकाे SEWA परियोजना अन्तर्गत कुयडा बिर्थिङ सेन्टरमा तालिम आईतवार सम्पन्न भएको हाे ।
तालिम सेवा प्रदायक हरुले गुणस्तरिय सेवाहरु प्रदान गर्नको लागि ज्ञान र सिपमा अभिवृद्धिका साथै  सहजै सेवा प्रवाह हाेस भन्ने उदेश्यले संचालन गरिएको थियो ।
सेवा प्रदायकहरुको थप सीप र आत्म बिश्वास वृद्धि गरि मातृ शिशु तथा बालबालिकाकाे स्वास्थ्यमा सुधार ल्याउन  कार्यक्रममा विभिन्न चरण हरु अपनाइएको थियो। जस्मा
-गुणस्तर सुधार सामग्री (चेक लिस्ट )को प्रयोग गरेर सेवा प्रदायकको मुल्यांकन गरिएको थियोे ।यस्तै
-कोच द्वारा क्लिनिकल सिपको प्रदर्सन
-कोचको सुपरिवेक्षणमा प्रशिक्षार्थिहरु द्वारा सीप प्रदर्सन (अभ्यास ), मोडल(डम्मि) तथा सेवा ग्राहिमा
– कोच द्वारा सेवा प्रदायकको सिपको दक्षताकाे मूल्यांकन  समेत गरेकाे थियोे ।
बर्थिङ सेन्टरकाे स्थर उन्नति गुणस्तरीय सेवा प्रवाहमा सहजता ल्याउन सेवा परियोजनाले अछाम जिल्लाका तीन वटा पालिका – पन्चदेवल बिनायकको वडा नं ३ स्थित आधारभुत स्वास्थ्य केन्द्र, कमलबजार नगरपालिका २ स्थित प्राथमिक स्वास्थ केन्द्र, मेल्लेख गाउपालिका वडा न.३ र ४ गरि जम्मा चार वटा  स्वस्थ्य सस्थामा मातृ तथा बालबालिकाकाे स्वास्थ्य  सुधारमा काम गर्दै आइरहेको छ।
तालिमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत सि अ न मि सुपरिवेक्षक टीका सर्मा ,वाक नेपाल सेवा परियोजना कार्यक्रम अधिकृत उमा अवस्थीले गरेका थिए ।

मेल्लेख लगायत अन्य कार्य क्षेत्रमा पनि अन साइट   कार्यक्रम सम्पन्न भएकोे छ।

परियोजनाले विशेषगरी  बर्थिङ सेन्टर स्वास्थ्य संस्था सुधार  स्वस्थ्य क्षेत्र  तथा सरसफाइ र बर्थिङ सेन्टर व्यवस्थापन,प्रभावकारी सेवा र आवश्यक सामाग्रीमा सहयोग पग्ने गरि काम गर्दै आइरहेको छ। बर्थिङ सेन्टर लाई  नमुनाकाे रुपमा सेवा प्रवाहमा सहयोग पुग्ने गरि बिभिन्न क्रियाकलाप अगाडि बढाई रहेकाे छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/