मंसिर १९
अछामको मेल्लेख गाउँपालिकामा बालबालिकाको प्राेफाईल निर्माण सम्बन्धि २ दिने पालिका स्तरीय कार्यशाला गाेष्ठी सम्पन्न भएको छ ।
कार्यशाला मेल्लेख गाउँपालिका स्थानीय बाल अधिकार समितीकाे आयोजना आस्था नेपाल वर्ल्ड भिजन इन्टरनेशनल नेपाल आर्थिक तथा प्राबिधिक सहयोगमा सम्पन्न भएको हो।
मेल्लेख गाउँपालिकालाई २०८३ भित्रै बाल मैत्री स्थानीय शासन युक्त पालिका घाेषणा गर्नकाे लागि अभियान कै रुपमा कार्यक्रम संचालन गरिने सराेकारवालाले प्रतिबद्धता जनाएका छन ।
पालिकाका २ वटा वडा ,वडा नम्बर ३ र ७ घाेषणा गरिसकेको र अन्य वडा घाेषणाकाे तयारीका लागि स्थानीय बाल अधिकार समितिका पदाधिकारी र तथ्यांक संकलन कर्ता संग व्यापक छलफल गरिएको छ ।
यस्तै वर्तमान सुचककाे अवस्था विश्लेषण पालिकामा निति ,निर्देशिका,कार्यविधि ,बाल मैत्री आचारसंहिता निर्माण पन्च बर्षिय लगानी याेजना,बाल क्लब बाल संजाल र सराेकारवालाई परिचालन सम्बन्धमा पनि छलफल भएको थियो ।
कार्यशाला मा बाल संरक्षण सम्बन्धि स्थानीय स्तरमा अवस्था विश्लेषण गर्दा देखा परेका बालबालिका सवाल हरु सम्बोधन गर्नका लागि कार्ययोजना सहित पन्च बर्षिय बजेट सहित रणनीतिक याेजना तयार गरिने छ । अब आगामी दिन हरुमा बालबालिका सम्बन्धित काम गर्ने जुन सुकै निकाय तथा संघ सस्था हरुले यसलाई आधार मानि काम गर्नु पर्ने बताएका छ ।
मेल्लेख गाउँपलिका उपाध्यक्ष नृप बहादुर खडकाको अध्यक्षतामा समापन भएको कार्यशाला को सहजीकरण प्राेगाइडेन्स नेपालका प्रशिक्षक सुशील राज गिरि , रामप्रसाद दाहाल ,अनन्त कुमार बानियाले तथ्यांक संकलनका लागि सहजिकरण गरेका थिए ।
कार्यशाला समापनकाे संचालन आस्था नेपालका फिल्ड अधिकृत भ्वान सिह सार्कीले गर्नु भएको थियाे ।
कार्यशालामा मेल्लेख गाउँ पालिका का सम्पूर्ण वडा अध्यक्षहरु मेल्लेख गा पा का निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा मेल्लेख गाउँ पालिका बिषयगत शाखा प्रमुखहरु आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्ला सामाजिक परिचालक तित बहादुर बिश्वकर्मा बालिका राेकाय सर्जन शाही बल बहादुर बिक लगायतको सहभागिता थियो ।



