जेठ ४ मेल्लेख
अछाम : यहि जेष्ठ १० गते बालमैत्रि वडा घोषणाका लागि तयारीमा रहेको मेल्लेख गाउँपालिका ६ षोडषामा जिल्ला परियोजना सल्लाह समितिद्वारा अनुगमन गरिएको छ।
आईतवार जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरको नेतृत्वमा गएको गएको सरोकारवालाहरुको टोलिले अनुगमन गरेको हो।
बालमैत्रि वडा घोषणा गर्नका लागि आवश्यक बिभिन्न ५१ वटा सूचनाको अवस्था बारे अनुगमन गरिएको हो।
कार्यक्रमका प्रमुख अथिति कुँवरले अछामका सबै स्थानीय तहका सबै वडाहरुलाई बालमैत्रि वडा घोषणा गर्नुपर्ने बताए।बालमैत्री घोषणका लागि विद्यालयहरुमा बालमैत्री वातावरणमा अध्ययन अध्यापन, नगरका हरेक स्वास्थ्य केन्द्रमा स्तनपान कक्षको व्यवस्था, पूर्णखोप र खुल्ला दिशामुुक्त घोषणा भइसकेको र ५१ सूचक मध्ये ८७ प्रतिशत सूचक पुरा भएको देखिएको कुँवरले बताए ।
आस्था नेपालको सहयोगमा मेल्लेख गाउँपालिका ६ षोडषालाई
बालमैत्रि वडा घोषणा गर्न लागिएको हो।यश अघि मेल्लेख गाउँपालिका ३ ठाटि ७ नन्देगडालाई बालमैत्रि वडा घोषणा गरि सकिएको छ।



