स्थानीय

बाल विवाहलाई शून्यमा झार्ने मल्लेखका सरोकारवालाको प्रतिबद्धता

बैशाख २१

मल्लेख, अछाम — बाल विवाहलाई पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यसहित अछाम  जिल्लाको मल्लेख गाउँपालिकामा स्थानीय सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका छन्। आइतबार  गाउँपालिकामा सम्पन्न एक बृहत कार्यक्रममा स्थानीय सरकार, राजनीतिक दल महिला ,दलित ,युवा समिति  बाल संजाल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू  सराेकारवालाहरुले बाल विवाह अन्त्यको अभियानमा एकजुट हुने घोषणा गरेका हुन्।

बाल बिबाह अन्त्यका लागि याे भन्दा अगाडि थुप्रै  कार्यक्रम संचालन गरेपनि बाल बिबाह अन्त्य हुन नसकेको भन्दै अब थप कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाइने जनाएको छ ।

कार्यक्रममा बोल्दै मल्लेख गाउँपालिका अध्यक्षले भने, “बाल विवाह हाम्रो समाजको गम्भीर समस्या हो। यसको अन्त्यका लागि गाउँपालिकाले नीतिगत र व्यवहारगत पहल गर्दै आएको छ। अब हामी यसलाई पूर्ण रूपमा शून्यमा झार्न एकीकृत रूपमा अघि बढ्छौं।”

उक्त कार्यक्रममा विद्यालयहरूमा चेतनामूलक कार्यक्रम संचालन गर्ने, अभिभावक तथा समुदायमा जनचेतना फैलाउने, र जोखिममा परेका बालबालिकालाई संरक्षण गर्ने योजना सार्वजनिक गरिएको छ। साथै, बाल विवाहमा संलग्न हुने व्यक्तिमाथि कानुनी कारबाही सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काको अध्यक्ष्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए ।

कार्यक्रममा स्थानीय युवा नेता र महिला अधिकारकर्मीहरूले पनि बाल विवाह अन्त्यका लागि समुदायमा प्रभावकारी भूमिका खेल्ने बताउँदै, “यो अभियान सबैको साझा जिम्मेवारी हो,” भन्ने धारणा राखे।

कार्यक्रमकाे सहजिकरण प्रशिक्षक तथा अधिवक्ता शिखर खड्का र प्रशिक्षक एलिशा कुँवरले गरेका थिए ।

मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाकाे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रम समापनकाे संचालन लाल बहादुर चदाराले गरेका थिए ।

कार्यक्रम ८ वटै वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य  राजनितीक दलका प्रमुख प्रतिनिधि विषयगत शाखा प्रमुख  लगायत सराेकारवालकाे सहभागिता थियाे ।

कार्यक्रमको अन्त्यमा सबै सरोकारवालाहरूले संयुक्त रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै मल्लेखलाई ‘बाल विवाहमुक्त गाउँपालिका’ बनाउने संकल्प गरेका छन्।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/