समाचार

बिद्यालय दिवा खाजा र पाेषण कार्यक्रम पालिकालाई हस्तान्तरण

बिद्यालय दिवा खाजा र पाेषण कार्यक्रम पालिकालाई हस्तान्तरण
असार ४ मेल्लेख
स्थानीय कृषि उपजमा आधारित बिद्यालय दिवा खाजा तथा बिद्यालय स्वास्थ्य एवम् पाेषण कार्यक्रम पालिक पालिकालाई हस्तान्तरण गरिएको छ
मेल्लेख गाउँपालिकामा बिद्यालय दिवा खाजा शिक्षा स्वास्थ्य पाेषण कार्यक्रममा अर्थिक,प्राविधिक सहयोग गर्दैन आएकाे विश्व खाद्य कार्यक्रम मर्सिकाेर नेपाल ,वाक नेपाल र आई डि एस नेपालकाे कार्यक्रम अबधि सकिए पछि मंगलबार यश अघि गरेका कामकाे समिक्षा सहित उपलब्धि बारे जानकारी गराउदै आगामी निरन्तरताका लागि बिद्यालय दिवा खाजा पाेषण कार्यक्रम पालिकालाइ हस्तान्तरण गरिएको हाे ।
मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्षतामा भएकाे हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनुभएका थिए,अध्यक्ष साउदले संस्था मार्फत बिद्यालय स्वास्थ्य ,पाेषण सरसफाइ दिवा खाजा लगायतका थुप्रै क्रियाकलापमा सुधार आएकाे भन्दै संस्थालाई धन्यवाद दिएका छन । कार्यक्रम थप र निरन्तरताका लागि पालिका बाट गर्नु पर्ने सहयोगमा कमि नरहने बताए ,आगामी दिनमा दिवा खाजा प्रभावकारी बनाउन स्थानीय उत्पादन मा सबैले ध्यान दिन पनि आग्रह गरेका छन ।
हस्तान्तरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले यश अघि संचालन गरिएको क्रियाकलाप प्रभावकारी र उपलब्धि मुलक भएकाे भन्दै कार्यक्रम थप गर्नुपर्ने कुरामा जाेड दिनु भएको थियाे। कार्यक्रममा बिश्व खाद्य कार्यक्रमका फिल्ड संयाेजक बिराज भण्डारी ,आई डि एस नेपालका कार्यक्रम संयाेजक टेक बहादुर खड्का स्थानीय किर्षी उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम का सांयोजक बम प्रसाद भट्ट  नेपालका कार्यक्रम सयाेंजक बम भट्टले संस्था मार्फत यश अघि भए गरेका कामकाे प्रगति ,बारे जानकार गराएका थिए ।
कार्यक्रममा पन्ध्रबीस सहकारि संस्था नन्देगडाकाअध्यक्ष अध्यक्ष नर बहादुर साउद लगायत कार्यक्रम सहभागी सराेकार बालाले सुझाव सहित राखेका थिए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/