फागुन १६ मेल्लेख
मंगलासैनि आधारभुत बिद्यालय मेल्लेख गाउँपालिका ७ नन्देगडा दुपाल्तकाे २१औं अभिभावक भेला तथा छैटौं वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश रावलकाे अध्यक्ष्यतामा भएको वार्षिकोत्सब तथा अभिभावक भेलाका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए ।
प्रमुख अतिथि साउदले शैक्षिक संस्था प्रति उतरदायि हुदै गुणस्तरीय शिक्षाको बिषयमा गहन बहस छलफल हुनुपर्ने कुरामा जाेड दिनुभएको छ । सडक खानेपानी भवन जस्ता भाैतिक बिषय केन्दित मात्रै छलफल तथा बहस हुनुले शिक्षा क्षेत्र पछिपरेकाे बताउनुभएको छ । उहाले आफ्नै कार्यकालमा मेल्लेखकाे शिक्षा क्षेत्रलाई पहिलाे प्राथमिकता राखेकाे बताउनुभएकाे छ । सबै बर्ग र क्षेत्रले शिक्षामा राजनिती गर्न छाेडाउने बतावरण निमार्ण गर्न लागि परेकाे समेत उहाले दावि गर्नुभएको छ । पालिका भित्रका शिक्षकहरुले कुनैपनी दलमा आबद्ध नभएकाे प्रमाण पेस गरेमा त्यस्ता शिक्षकहरूलाई पालिका सरकारले पुरस्कारकाे व्यबस्था समेत गरेकाे उहाकाे भनाइ छ । शैक्षिक उन्नतिका लागि सबैले एकमत साथ लाग्नुपर्ने बताएका छन ।
भेलामा बिद्यालयका प्रधानध्यापक भिम प्रसाद उपाध्यायले बिद्यालय शैक्षिक भाैतिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरि बिद्यालयका लेखापाल इन्द्र बहादुर बिकले आर्थिक बर्ष २०७९/८० काे आय व्याय ३१ लाख ८८ हजार बराबरको आर्थिक प्रतिबेदन सार्वजनिक गरेका थिए।
अभिभावक भेला तथा वार्षिकोत्सब कार्यक्रममा मेल्लेख गाउँपालिका वडा न.७ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष दल बहादुर साउद विशिष्ट अतिथि रहेका थिए ।
भेलामा एकीकृत समाजवादी पाटि मेल्लेख कमिटी सचिव टेक बहादुर साउद नेपाली कांग्रेस वडा न.७ का वडा सभापति गंग बहादुर बुढा नेकपा एमाले वडा इन्चार्ज यज्ञराज उपाध्याय नेकपा माओबादी केन्द्र वडा कमिटी अध्यक्ष सुरत साउद दुर्गादेवि माध्यमिक बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष नर बहादुर साउद निमित्त प्रधानध्यापक हर्क साउद नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म सिह खत्री जग्गा दात नारायण उपाध्य अभिभावक गंगाराम खत्री भिम सार्की लगायतले शुभकामना मनतव्य राखेका थिए । शिक्षक गाैतम बाेहरा काे स्वागत मनतव्य बाट सुरु भएको भेलाकाे संचालन शिक्षक गंग बहादुर साउदले गरेका थिए ।भेला तथा बार्षिकउत्सव काे अवसरमा कक्षागत रुपमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरुस्कार समेत वितरण गरिएको थियाे ।



