समाचार

मष्टामाण्डाैं युवा क्लब नन्देगडाले आयाेजना गरेकाे खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन

अछामको मेल्लेख गाउपालिका वडा न. ७ नन्देगडामा अनन्ते मेलाकाे अवसर पारि मष्टाण्मा्डाैं युवा क्लबले अयाेजना गरेकाे वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आज उद्घाटनमा गरिएको छ ।

उद्घाटन मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गर्नु भएको हाे ।
क्लबका अध्यक्ष राजेश साउदकाे अध्यक्ष्यतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए भने यस्तै बिशिस्ट अतिथि वडा न ५ का वडा अध्यक्ष प्रकाश अधिकारी र वडा न. ७ का वडा अध्यक्ष प्रेम बहादुर महर रहेका थिए । क्लबका सदस्य जगत साउदकाे स्वागत मनतव्य बाट सुरु भएको उद्घाटन कार्यक्रमकाे संचालन माेति भुलले गर्नु भएको थियाे ।
उद्घाटनका कार्यक्रममा वडा सदस्य दल बहादुर साउद ,जगत बुढा ,नेकपा एमाले पालिका संगठन कमिटी अध्यक्ष केशर साउद ,नेपाली काग्रेस ७ न. वडा सभापति गंग बहादुर बुढा
नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष सुरत साउद समाजवादी पाटिका दिपक बुढा निवर्तमान वडा अध्यक्ष नर बहादुर साउद मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र खड्का इलाका हुलाक कार्यलय प्रमुख गंग साउद दुर्गादेवि मा.बि का निमित्त प्र. अ. हर्क बहादुर साउद मेल्लेख कृषि विकास शाखाका ना.प्रा स . प्रेम बुढा ,राजश्व शाखा प्रमुख नवराज भण्डारी खेल प्रशिक्षक अर्जुनराज  ढुङ्गेना पुर्व गा.बि स .अध्यक्ष जाेगि साउद समाजसेवी युवा यकन्द्र साउद रमेश बुढा लगायतको उपस्थिति रहेकाे थियाे । प्रतियोगितामा २३ टिमको सहभागिता रहनेछ । खेल बिहीबार बाट नियमित सुरु गरिने आयाेजकले जनाएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/