समाचार

महिला एकता बहुउद्देश्यीय सहकारी संस्था द्वारा २० बर्ष पुगेर बिबाह गर्ने किशोरीलाई सम्मान

अछामको मेल्लेख गाउँपालिका वडा न.२ डाडासिरिमा रहेको महिला एकता बहुउद्देश्यीय सहकारी संस्थाले २० वर्ष पुगेर विवाह गर्ने एक  किशोरीलाई  सम्मान गरेकाे छ  ।

आफ्नो प्रथम बार्षिक साधारणसभामा,उमेर पुगि बिबाह गर्ने स्थानीय ईश्वरी कुमारी बुढालाई सम्मान तथा पुरुष्कृत गरेका हुन ।

साथै  बालविवाह न्यूनीकरण गर्न सहकारीले  एक घर एक सेर छाेरिकाे नाममा  वितरण गर्ने प्रत्येक घरले सेर अनिवार्य लिनुपर्ने  निर्णय  पनि गरेकाे छ।   सहकारिकाे साधारणसभा उद्घाटनमा पुग्नु भएका मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले  सहकारीले गरेकाे काम प्रति धन्यवाद दिदै बालविवाह न्युनिकरणका लागि पालिका द्वारा  पनि विशेष कार्यक्रम अगाडि बढाइने बताएका छन ।,गाउँ घरमा हुने बालविवाहका मुद्दा सम्बन्धित निकायमा पुग्नुपर्ने  भन्दै ,आगामी दिनमा ढाकछोप गर्न नहुने बताए ।

 यसैगरी बालविवाह न्यूनीकरणका  लागि  २० बर्ष पुगिसकेका बिबाह गर्ने किशोरीलाई  वडा द्वारा पनि सम्मान तथा पुरुष्कृत गर्ने वडा अध्यक्ष कुसलराज बुढाले बताए।

‘बालविवाह गर्ने चलन  रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ’,उहाले  भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई पालिका भर लैजान जरुरी रहेको बताए ।’

हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौं’, उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं।’

विशेषगरी  विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा पालिका द्वारा  अगाडि बढाउन पर्ने अध्यक्ष बुढाकाे भनाइ छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/