खेलकुद वडा नं. ४

मेल्लेखकाे चाैखुट्टेमा पहिलो पटक वडा स्तरीय क्रीकेट प्रतियोगिता

कात्तिक १२ मेल्लेख

मेल्लेखकाे चाैखुट्टेमा पहिलो पटक वडा स्तरीय क्रीकेट प्रतियोगिता सुरु भएको छ। सोमबार देखि प्रथम  मेल्लेख टि १० टेनिस  वडा स्तरीय क्रीकेट प्रतियोगिता सुरु भएको हो। मेल्लेख गाउँपालिका वडा न.४ ले प्रतियोगिताकाे आयोजना गरेकाे जनाएको छ ।  स्थानीय स्थारमा क्रिकेटको विकास गर्न,युवाहरुमा क्रिकेट खेलप्रतिको चासो र जजागरुपता बढाउने लक्ष्यको साथ पहिलो पटक प्रतियोगिता गर्न लागेको वडा न.४ का वडा  अध्यक्ष चन्द्र बहादुर साउदले बताउनु भएको छ।

अध्यक्ष साउदका अनुसार पालिका भित्रका प्रतिभाशाली खेलाडीहरुलाई पहिचान गरेर भविष्यमा उनीहरुको लागि अवसर सिर्जना गर्ने मुख्य उदेश्यले वडाले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको  बताए।

क्रिकेट उद्घाटनमा  बोल्दै नेकपा एमाले मेल्लेख कमेटि अध्यक्ष सुरेन्द्र साउदले   पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता सफल बनाउन सबैलाई अनुरोध गर्दै युवाहरूले अनुशासासित ढंगबाट आफ्नो  प्रतिभा देखाउनुपर्ने बताए ।

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ।

सो प्रतियोगिता कार्तिक १२ गते सोमबार देखि १५ गतेसम्म चाैखुट्टे खेल मैदानमा भैरहेको छ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/