पुर्वाधार वडा नं. ४ वडा नं. ५ समाचार स्वास्थ्य

मेल्लेखकाे चाैखुट्टेमा १५ बेड अस्पतालको शिलान्यास

कात्तिक १० मेल्लेख

अछामको मेल्लेख गाउँपालिका वडा न.५बिन्धेबासिनिकाे चाैखुट्टेमा १५ बेड अस्पतालको सनिवार शिलान्यास गरेकाे छ ।

शिलान्यास मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गर्नु भएको हाे ।

शिलान्यास पछि बाेल्दै अध्यक्ष साउदले दुर्गम ठाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नकै लागि मेल्लेखकाे आधारभुत अस्पतालमा एम बि बि एस डाक्टर सहित दक्ष स्वास्थ्यकर्मी द्वारा स्वास्थ्य सेवा सुचारु रहेकाे बताउदै ,आगामी दिनमा स्वास्थ्य सेवा लिन टाढा जान नपर्ने बताएका छन । आवश्यक स्राेत साधनको  अभाव हुन नदिने भन्दै गुणस्तरीय स्वास्थ्य सेवाका लागि मेल्लेख गाउँपालिका बाट हुने सहयोगमा कुनै कमि नहुने बताए , १५ बेड अस्पतालको शिलान्यास गर्दै  ठेक्का कम्पनीलाई   छिटो छरितो काम गर्न पनि  आग्रह गर्नु भएको छ ।

उक्त अस्पतालको निर्माणकार्य काैशिल/नन्देगडा /जि .एन्ड जे. जे.भि. कम्पनिले ठेक्काकाे निर्माणकार्य अगाडि बढाएको छ ।  १५ बेड अस्पताल १६ कराेड भन्दा  बढीको लगानीमा निर्माण हुन लागेकाे हाे ।

शिलान्यास  कार्यक्रमा  मेल्लेख गाउपालिका वडा न .४ का वडा अध्यक्ष चन्द्र बहादुर साउद, स्थानीय जनप्रतिनिधि निर्माणव्यावसायि  प्राबिधिक ,स्वास्थ्यकर्मी लगायतको  सहभागीता रहेकाे थियोे।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/