समाचार

मेल्लेखकाे ठाँटीमा निःशुल्क आँखा शिविर ,१ सय ७२ जनाले पाए सेवा

अछाम जिल्लाकाे मेल्लेख गाउँपालिका वडा न.३ ठाँटी स्वास्थ्य चाैकीमा १ दिने निशुल्क आँखा  शिविर सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिकाकाे सहयोग र,समन्वय नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल कैलालीकाे शाखा आँखा उपचार केन्द्र   साँफबगरकाकाे आयोजनामा  निःशुल्क आँखा शिविर सम्पन्न भएको हाे।

आँखा शिविरमा ठाँटी वडा न.३ का  १ सय ७२  जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।
जसमध्ये महिला १ सय १४ र पुरुष ५८ जनाकाे  शिविरमा आँखा जाँच गराएकामध्ये ३९ जनाकाे आखा  अप्रेसन गर्नुपर्ने आँखा उपचार केन्द्र शाखा साँफेका इन्चार्ज रबिना मल्लले बताएकी छन ।
मेल्लेख गाउँपालिकाले  शिविरहरू मार्फत पालिकाका नागरिकलाई गाउँ घरमै नि:शुल्क स्वास्थ्य उपचार तथा चेक जाँच र आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनुभएको छ ।
सनिवार ठाटीमा उद्घाटन आँखा शिविर वडा  न. ३ का वडा अध्यक्ष नैले रावलकाे अध्यक्षयतामा भएको थियाे ।शिविर उद्घाटन काे संचालन वडा सचिव तथा स्वास्थ्य इन्चार्ज नरेन्द्र  बहादुर शाहले गर्नु भएको थियोे  ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/