समाचार

मेल्लेखकाे देउमाणुमा जिप दुर्घटना

मेल्लेख बाट साफेबगर जाँदै गरेकाे जीप मेल्लेखकाे वडा न.७  देउमाणुमा दुर्घटना  भएको छ । सु प प्र ०१-००१ज १३५९ नं.को जिप बेक्र फेल भएर दुर्घटना हुदाँ ८ जना घाइते भएका छन।

घाइते हुनेमा मेल्लेख गाउँपालिका ६ का २१ बर्षिय सानु कुवर बर्ष २६ का उत्तम खड्का १८ बर्षिय  समिर रावल वडा नं ५ का १८ बर्षिय सतिष नेपाली र वडा नं ६ का ३५ बर्षिय राजेन्द्र रावत घाइते भएका छन।

यस्तै वडा नं ५ का ५० बर्षिय टेक बहाबदुर रावत २३ बर्षिय योगेन्द्र खड्का र वडा नं ५ का जिप चालक समेत रहेका बर्ष २५ का महेश खड्का घाइते भएका छन। घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सतिश नेपालीको बयालपाटा अस्पतालमा उपचार सम्भव नभए पछि धनगढी रिफर गरिएको अस्पतालले जानकारी दिएको छ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/