समाचार

मेल्लेखकाे नन्देगडामा आगलागी २ लाख ५२ हजार नगद सहित सबै सामना जलेर नष्ट

असाेज ६
अछामको मेल्लेख गाउपालिका वडा न. ७ काे नन्देगडा काे महर बस्ती स्थित एक घरमा अागलागि भएको छ ।

घरमा अागलागि हुदा २ लाख ५२ हजार नगद सहित घरमा रहेका सबै सरसामान जलेर नष्ट भएको छ ।

मेल्लेख गाउपालिका वडा न. ७ का वडा अध्यक्ष प्रेम बहादुर महरकाे घरमा अचानक बिधुत लाईन सट भई अागलागि भएको हाे ।

बिहान ८ बजेट घरका सबै परिवार उहाँका बुबाको श्राद्धे गरिरहेकाे बेला बन्द रहेकाे काेठामा विधुत लाइन सट बाट अागलागि भएको थियाे ,
अागलागिबाट घरमा रहेको खाद्यान्न ,लुगा कपडा , महत्त्वपूर्ण कागजात जलेर सबै खरानी भएकाे वडा अध्यक्ष महरले जानकारी दिनु भएकाे छ । अागाे त्याहाका स्थानीयले नियन्त्रणमा लिएकाे थियोे । प्रहरी चाैकि मेल्लेख बाट खटि गएको टाेलिले क्षति काे विवरण संकलन गरिरहेकाे छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/