फागुन ३ मेल्लेख
अछामको मेल्लेख गाउँपालिका वडा न.३ र ४ मा सेवा परियोजना लागु हुनेभएको छ। मेल्लेख गाउँपालिकाकाे समन्वय तथा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजना लागू हुने भएको हाे । बिहीबार मेल्लेख गाउँपालिका सभा हलमा सम्पन्न परियोजना परिचयात्मक बैठकमा संस्थाले गर्ने वार्षिक क्रियाकलाप बारे जानकारी गराएको थियाे । परियोजनाले विशेषगरी वडा न.३ र ४ काे बर्थिङ सेन्टर स्वास्थ्य संस्था सुधार स्वस्थ्य क्षेत्र तथा सरसफाइ र बर्थिङ सेन्टर व्यवस्थापन,प्रभावकारी सेवा र आवश्यक सामाग्रीमा सहयोग पग्ने गरि काम गर्ने छ। परियोजना मार्फत बार्षिक संचालन गरिने क्रियाकलापकाे लागि याे बर्ष २४ लाख भन्दा बढीको बजेट समेत सार्वजनिक गरिएको थियो । साे परियोजनाले कुस्काेटकाे कुयाडा बर्थिङ सेन्टर र ठाटिकाे दर्वा बर्थिङ सेन्टर लाई नमुनाकाे रुपमा सेवा प्रवाहमा सहयोग पुग्ने गरि कार्ययोजना बनाएकाे छ ।
परियाेजना काे परिचयात्म कार्यक्रम मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्याक्ष्यतामा सम्पन्न भएको हाे । कार्यक्रमकका प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए।
वाक नेपालका संचालक समितिका पुर्व अध्यक्ष मीन बहादुर कुवर काे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमा परियोजना अधिकृत उमा अवस्थीले परियोजना काे उदेश्य र क्रियाकलाप बारे जानकारी गराएको थिए ।
कार्यक्रमककाे संचालन एकीकृत उत्थानसिल जिविकाेपर्जन तथा पाेषण परियोजना सयाेंजक गाेबिन्द ढाकाले गर्नु भएको थियो । कार्यक्रममा मेल्लेख निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा ,वडा न.३ का वडा अध्यक्ष नाैले रावल वडा न.४ का वडा अध्यक्ष चन्द्र बहादुर साउद , बिषयगत शाखा प्रमुख स्वास्थ्य ईन्चार्ज ,महिला स्वास्थ्य स्वयंमसेविका वाक नेपालका सामाजिक परिचालक रमेश भुल लगायतको उपस्थिति रहेकाे थियाे ।



