पुर्वाधार प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८

मेल्लेखका ४० जना लाई  सीप बिकास तालिम

फागुन १२ मेल्लेख

मेल्लेखमा ४० जना युवा युवतीलाई ५० दिने तालिम दिइने भएको छ।

´´न्युनतम राेजगार नागरिकको अधिकार, श्रमको सम्मान राष्ट्रकाे अभियान भन्ने मुल नाराका साथ

कार्य स्थलमा आधारित सीप बिकास तथा जीवन उपयोगी सीप विषयक ५० दिने तालिम साेमबार मेल्लेखमा  उद्घाटन गरिएको छ ।

तालिमको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नु भएको थियो ।  राेजगार सेवा केन्द्रकाे आयाेजनामा भएको तालिममा सिपयुक्त दक्ष जनशक्ति तयार पारि , व्यराेजगारि समस्याको समाधान नयाँ प्रबिधि अनरुप आवश्यक ज्ञान सीप प्रदान गर्ने उदेश्यले तालिमको आयाेजना गरिएको हाे ।

तालिम १० दिने जीवन उपयोगी सीप सिकाई र ४० दिन सडक मर्मत सुधार र विकास निर्माणकार्यमा दक्ष बनाइने बताएको छ ।

तालिममा मेल्लेख गाउँपालिका अन्तर्गतका वडा बाट ४० जना काे सहभागिता रहेकाे छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/