समाचार

मेल्लेखका ९ जना अगुवा कृषकलाई सम्मान

मंसिर ४ मेल्लेख

अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका ९ जना अगुवा कृषक तथा स्थानीय कृषि स्राेत व्यक्तिलाई आज् पालिकामा सम्मान तथा  प्रमाणपत्र प्रदान गरिएको छ ।पालिकाकाे समन्वयमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे सहयोग र वाक नेपालकाे साझेदारीमा संचालित एकीकृत उत्थानशिल जिबिकाेपार्जन तथा पाेषण परियोजना अन्तर्गत संचालन गरिएका  उत्पादन समूह कृषि पाठशालामा स्थानीय स्रोत व्यक्तिको रुपमा कृषि प्रविधि ,पाेषण सुधार र दिगो जिविकाे पार्जनका लागि ३ बर्ष देखि  संस्था मार्फत परिचालन भई उत्कृष्ट काम गर्दै आएका ८ वटा वडा का ९ जना कृषकलाई छनाेट गरि आगामी दिनमा पालिकाले परिचालन गर्ने गरि पालिकाले प्रतिबद्धता पत्र समेत दिएको छ ।

वाक नेपाल द्वारा कृषकलाई  कृषि प्रविधिमा दक्ष बनाए पछि उक्त कृषकलाई मेल्लेख गाउँपालिकाले कृषि स्राेत व्यक्तिको रुपमा मान्यता दिइएको छ।

ती ९ जना अगुवा कृषकले आफ्नो आय आर्जनमा सुधार गरेको र  अरुलाई पनि कृषि सम्बन्धि तालिम दिन सक्ने पहिचान भएपछि  प्रमाणपत्र प्रदान  गरिएको जनाएको छ।

मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं  साउद रहनु भएका थिए ।  कार्यक्रममा मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा ८ वटै वडाका वडा अध्यक्षहरु विषयगत शाखा प्रमुखहरु, वाक नेपाल कार्यक्रम व्यवस्थापक चेतराज जाेसि परियोजना अधिकृत निरन्जना पनेरू लगाएतकाे सहभागिता रहेकाे थियोे । वाक नेपाल कार्यसमिति उपाध्यक्ष अबसरा कुवरकाे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन वाक नेपालका सामाजिक परिचालक भुपेन्द्र भण्डारीले गरेका थिए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/