मंसिर ५
अछामको मेल्लेख गाउँपालिकामा अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ ।
मेल्लेख गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सावित्री देवी खड्काकाे अध्यक्ष्यतामा भएको प्रतियोगिताका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए । साउदले बाेल्दै विद्यार्थी ले नयाँ युग काे परिबर्तन संगै समय परिस्थिति अनुसार आफ्नो प्रतिभा देखाउनुपर्ने मा जाेड दिनु भएको छ। बिशिस्ट अतिथि वडा न ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारी रहनु भएकाे थिए ।
बिद्यार्थी हरुकाे अन्तरनिहित क्षेमता अभिवृद्धि र बाह्य ज्ञान प्राप्तिको लागि प्रतियोगिताको आयाेजना गरिएकाे थियो ।
प्रतियोगितामा प्रथम जनता नमुना माध्यमिक बिद्यालय मेल्लेख द्वितीय नन्देश्वरि माध्यमिक बिद्यालय शाेडषादेवी तृतीय कालिका माध्यमिक बिद्यालय हातिकाेट र सान्त्वना पिपल सैन माध्यमिक बिद्यालय दर्बा भएका छन।
सहभागी बिद्यार्थी लाई नगत परुस्कार र शैक्षिक सामग्री वितरण गरिएकाे थियाे ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल र आस्था नेपालकाे सहयोग र मेल्लेख शिक्षा शाखाकाे आयाेजनामा हाजिरी जवाफ प्रतियोगिता गरेकाे थिए । हाजिरी जवाफ प्रतियोगितामा मेल्लेखका ९ वटा माध्यमिक बिद्यालयका १ छात्र १ छात्रा गरि १८ जना बिद्यार्थीहरु सहभागी थिए
मेल्लेख शिक्षा शाखाका प्राबिधिक सहायक रमा पाेख्रेलकाे स्वागत मनतव्य बाट सुरु भएको प्रतियोगिताको संचालन प्रेमबहादुर बुढाले गरेका थिए।



