मंसिर २५ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि दुई दिने अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यक सामग्री पहिचानका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिका कार्यलयकाे आयाेजना आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हाे ।
शिविरकाे मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले साेमवार उद्घाटन गर्नु भएको थियोे। शारीरिक समस्या भएका दुर्गम ठाउँका जनतालाई घर दैलाेमै सेवा दिन उपचारमा टाढा जान नसक्ने व्यक्तिको लागि शिविरको आयाेजना गरिएको थियो ।
शिविरमा विशेषज्ञ डाक्टर द्वारा २ सय ३२ जनाकाे चेकजाँच तथा उपचार गरिएको थियो ।
जसमध्ये १७ जनाअसायकाे चेक जाँच गर्नुका साथै अपांगता परिचयपत्र पाएका छन , जसमा ६० जनाकाे आँखाको चेक जाँच अन्यले नाक कान घाँटी हाडजोर्नी र नसा सम्बन्धि चेक जाच तथा उपचार गराएका छन ।
शिविर मेल्लेख गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा सामाजिक विकास सयाेंजक चन्द्र बहादुर साउदकाे अध्यक्ष्यता मंगलबार सम्पन्न भएको हाे



