समाचार

मेल्लेखमा अबैध मधिरा बरामद गरि नष्ट

साउन १३ मेल्लेख:
अछामको मेल्लेख गाउपालिका अन्तर्गतका विभिन्न वडाहरुमा अबैध मधिरा बरामद गरि नष्ट गर्ने कार्य धमाधम भैरहेको छ ।

अवैध मदिरा नियनत्रण तथा रोकथाम गर्ने उदेश्यका साथ मेल्लेख प्रहरी चाैकी प्रहरी सहायक निरक्षक दान सिह धामिकाे नेतृत्वमा संयुक्त रुपमा खटि गएको प्रहरी टोलिले मेल्लेख स्थित वडा न ६ र ७ काे विभिन्न स्थानमा चेक जाच गर्दा पसलहरुमा अवैध रुपमा बिक्री बितरण गर्न राखिएको अवैध घरेलु मदिरा २० लिटर , ५ पेटि कमसल खाले ओरेन्ज नामक मधिरा बरामद गरि नष्ट गरेकाे छ ।

यस्तै मेल्लेख गाउपालिका वडा न. ७ नन्देगडा र साफेवगर नगरपालिकाकाे सिमानामा सुक्रवार ३९ लिटर घरेलु मधिरा २ पेटि ओरेन्ज नामक कमसल खाले मधिरा तथा मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ समेत १ हजार  लिटर बरामद गरी स्थानीय जनप्रतिनिधि सराेकारवालाकाे राेहभरमा नष्ट गरेकाे प्रहरी चाैकी मेल्लेखले जनाएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/