मंसिर १०
मेल्लेख —जिल्लाको पन्ध्र बीस क्षेत्रमा पर्ने मेल्लेख गाउँपालिकाकाे बिन्धेबासनिमा आँखा उपचार केन्द्र संचालन गरिएको छ ।सामान्य उपचारका लागि पालिका क्षेत्रका स्थानीय साँफेबगर तथा धनगढी जान बाध्य हुँदै आएकाले पालिकावासीले स्थानीय स्तरमै सेवा पाउन भनि मेल्लेख गाउँपालिका, वडा नम्बर ५ बिन्धेवासनि र च्यारिट हेल्थ फाउन्डेसन नेपालकाे सहकार्यमा आँखा उपचार केन्द्र संचालनमा ल्याइएको हो । आँखाको उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको भन्दै स्थानीय खुसी भएका छन । उपचार केन्द्र संचालनले मेल्लेख गाउँपालिकाका लगायत अन्य क्षेत्रका स्थानीय लाभान्वित हुने छन् ।
मेल्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीकाे अध्यक्ष्यतामा भएको आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनुभएका थिए ।साउदले बाेल्दै मेल्लेख गाउँपालिकाले आउँदा दिनमा स्थानीयले आँखा उपचारको लागि शिविर समेत कुर्न नपर्ने बताए । ‘आँखामा देखिने सामान्य समस्याका बारेमा थाहा नहुँदा र तत्काल उपचार नपाउँदा पालिका भित्रका कतिलेआँखाको ज्योति गुमाएका छन् । आउँदा दिनमा कसैले ज्योति गुमाउनु पर्दैन,’ उनले भने ,उपचार केन्द्र संचालनमा मेल्लेख गाउँपालिका बाट हुने सहयोगका लागि कुनै कमि नरहने बताएका छन
यस्तै कार्यक्रमका विशिष्ट अतिथि मेल्लेख वडा न.४ का वडा अध्यक्ष तथा सामाजिक विकास सयाेंजक चन्द्र बहादुर साउद र च्यारिटि हेल्थ फाउन्डेसनका कार्यक्रम संयाेजक अनिल न्याैपाने रहेका थिए ।
उपचार केन्द्र संचालन भएपछि सुरुमै आफ्नो घर नजिकै आँखा जाँच गराउन पाएका माेति सिं साउदले धेरै खुसी लागेको बताए । विगतमा साफे, धनगढी गएर उपचार गराउने क्रममा विभिन्न किसिमका समस्या भोग्न नपर्ने विश्वास राख्नु भयाे । उनले भने ‘बाहिर जाँदा धेरै रकम खर्च हुन्थ्यो । भन्नेबित्तिकै पैसा नहुँदा उपचारबाट बन्चित हुनु पर्थ्यो । आँखाको उपचारको लागि सधैं पालिकाले संचालन गरेको शिविर कुर्नु पर्थ्यो, अब पर्दैन उहाले भने ,
मेल्लेख गाउँपालिका वडा नम्बर ५ ले आउँदा दिनमा याे भेगका स्थानीयलाई सहजताकै लागि आँखा उपचार केन्द्र संचालन गरिएको बताए । उनले आँखा उपचार केन्द्रमा जाँच मात्र नभई बेलाबेलामा डाक्टरको व्यवस्था गरेर मोतियोविन्दुको शल्यक्रिया गरिने ब्यबस्था मिलाइने पनि जनाए ।उद्घाटन कार्यक्रम स्थानीय जन प्रतिनिधि राजनितक दलका प्रमुख प्रतिनिधि तथा स्थानीय सामाजसेवि महिला संयमसेविका लगायतकाे सहभागिता रहेकाे थियाे । मेल्लेख गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्लाले स्वागत गर्नु भएको उद्घाटन कार्यक्रमकाे संचालन लाल बहादुर चदारा ले गरेका थिए



