शिक्षा

मेल्लेखमा आधारभुत तह कक्षा ८ काे नतिजा प्रकाशन

अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय आधारभुत तह कक्षा ८ काे वार्षिक परिक्षा काे कनतिजा  सुक्रबार प्रकाशन गरिएको छ ।

प्रकाशित सुचना अनुसार ४२% उतिर्ण भएका छन।

मेल्लेख गाउँपालिका अन्तर्गतका १५ वटा आधारभुत बिद्यालयका जम्मा ७ सय९०बिद्यार्थी मध्ये ६ सय ९७  जना परिक्षामा सहभागी भएका थिए । जस्मा ९३ जना अनुपस्थित भएका  हुन  । जसमध्ये २ सय९१ जना उतिर्ण र ६ सय ४ जना अनुत्तीर्ण अर्थात  ग्रेड वृद्धिका लागि याेग्य मानिएका छन । परिक्षा फागुन २५ गते देखि चैत ५ गते सम्म  संचालन गरिएको थियो ।

ग्रेड वृद्धि का लागि भने २०८२ बैशाख १० देखि १६ गते सम्म पुनः परिक्षा  ताेकिएकाे शिक्षा अधिकृत बिरेन्द्र खड्काले बतउनु भएको छ ।

याे बर्षकाे नतिजा अघिल्लो बर्षकाेभन्दा केही सुधार भएपनि खासै  सन्तोषजनक नभएको  उहाँको भनाइ छ ।

याे बर्ष सबै भन्दा बढी कालिका मावि हात्तिकाेका विद्यार्थी पास भएका छन भने सबै भन्दा कम जानकी आवि का विद्यार्थी पास भएका छन।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/