चैत २२ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा आधारभुत तह कक्षा ८ काे वार्षिक परिक्षा फल बिहीबार सार्वजनिक गरिएको छ । वार्षिक परिक्षामा पालिकाभित्रका १६ वटा आधारभुत बिद्यालयबाट ६ सय २७ जना विद्यार्थी सहभागी रहेका थिए । जसमध्ये १०४ जना अर्थात १६.५८% विद्यार्थी उत्तीर्ण( पास)भएका छन् ।
यस्तै मेल्लेखका दुईवटा बिद्यालय भने निल भएका छन ।
परिक्षा चैत १ गते देखि ८ गते सम्म संचालन भएको थियाे
मेल्लेखमा १६ वटा आधारभुत बिद्यालयकाे लागि ६ वटा परिक्षा केन्द्र ताेकिएका थिए।
परिक्षा संचालनका लागि केन्द्रअध्यक्ष समेत पालिका बाट खटाएका थिए । उत्तरपुस्तिका काेडकाे आधारमा परिक्षण गरेकाे हाे ।
ग्रेड वृद्धि का लागि २ वा २ भन्दा कम बिषय अर्थात २ बिषयमा NG आएका बिद्यार्थीहरुकाे २ ०८१ बैशाख १६ र १७ गते परिक्षा संचालन गरिने जनाएको छ ।
मेल्लेखमा आधारभुत तह कक्षा ८ काे समग्र परिक्षाकाे नतिजा हेर्दा सन्तोषजनक नरहेकाे शिक्षामा निकै सुधार गर्नुपर्ने शिक्षा अधिकृत बिरेन्द्र बहादुर खड्काले बताएका छन ।



