जिल्लाकाे मेल्लेख गाउँपालिकामा कोभिड १९ भ्याक्सिनका लागि समुदाय परिचालन कार्यक्रमकाे जिल्ला स्तरीय सयुक्त अनुगमन तथा समिक्षा बैठक सम्पन्न भएको छ । जि आई जेड काे आर्थिक सहयोग, वाक नेपाल द्वरा संचालित काेभिड १९ भ्याक्सिनका लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत मेल्लेख गाउँपालिकाकाे समन्वयमा कार्यक्रम गरिएको हाे । मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्ष्यतामा भएको बैठक बैठकमा काेभिड खाेप पुर्ण गर्न छुटेकाहरुलाई कसरी खाेपकाे दायरामा ल्याउने भन्ने बिषयमा छलफल गरिएको थियाे । साथै बैठकमा काेभिड १९ भ्याक्सिन पूरा गर्नका लागि यस अघि गरेका कामकाजको समिक्षा र आगामि गर्ने क्रियाकलाप सहितको कार्ययोजना तयार पारेकाे छ । यस्तै बैठकमा अछाम जिल्लामा रहेका लक्षीत जनसंख्यालाई कोभिड १९ बिरुद्धको खोप लगाउने, कोभिड १९ बिरुद्धको खोपको पहुँचमा नरहेका जनसंख्या पहिचान गरि खोप लगाउने र लगाउन सिफारिस गर्ने बिषयमा पनि छलफल भएको थियोे । साथै समुदायमा छुटेका नागरिकलाई कोभिड १९ बिरुद्धको खोप लगाउन उत्प्रेरित तथा जागरुक गर्ने उदेश्यका साथ बैठकमा छलफल गरिएको थियोे । बैठकमा वाक नेपालका कार्यक्रम प्रबन्धक चेतराज जाेसिले कार्यक्रमको उदेश्य सहित स्वागत गर्नु भएकाे थियाे । यसैगरी बैठकमा मेल्लेख स्वास्थ्य शाखा बाट कोभिड बिरुद्धको खोपको हालसम्मको अवस्था बारे स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला जानकारी गराएका थिए । बैठकमा प्रमुख प्राशासकिय अधिकृत धुर्ब प्रसाद सापकोटा, वडा अध्यक्ष मध्य बाट वडा नम्वर ५ का वडा अध्यक्ष तथा सामाजिक विकास संयाेजक प्रकाश अधिकारी, वाक नेपालका पुर्व अध्यक्ष मीन बहादुर कुवर लगायतले सुझाव मन्तव्य राखेका थिए । समिक्षा बैठकमा स्थानीय जनप्रतिनिधि , स्वास्थ्य इन्चार्ज महिला स्वास्थ्य स्वयंसेविका र संस्था का पदाधिकारीहरुका सहभागिता रहेकाे थियो । बैठककाे संचालन वाक नेपालका लेखा तथा प्राशासन अधिकृत कृत कुमार खड्का ले गर्नु भएकाे थियाे ।
समाचार स्वास्थ्य

मेल्लेखमा काेभिड १९ काे भ्याक्सिन सम्बन्धि संयुक्त अनुगमन तथा जिल्ला स्तरीय समिक्षा

जिल्लाकाे मेल्लेख गाउँपालिकामा कोभिड १९ भ्याक्सिनका लागि समुदाय परिचालन कार्यक्रमकाे जिल्ला स्तरीय सयुक्त अनुगमन तथा समिक्षा बैठक सम्पन्न भएको छ । जि आई  जेड काे आर्थिक सहयोग, वाक नेपाल द्वरा संचालित काेभिड १९ भ्याक्सिनका लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत मेल्लेख गाउँपालिकाकाे समन्वयमा कार्यक्रम गरिएको हाे ।

मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्ष्यतामा भएको बैठक बैठकमा काेभिड खाेप पुर्ण गर्न छुटेकाहरुलाई कसरी खाेपकाे दायरामा ल्याउने भन्ने बिषयमा छलफल गरिएको थियाे । साथै बैठकमा काेभिड १९ भ्याक्सिन पूरा गर्नका लागि यस अघि गरेका कामकाजको समिक्षा र आगामि गर्ने क्रियाकलाप सहितको कार्ययोजना तयार पारेकाे छ ।

यस्तै बैठकमा अछाम जिल्लामा रहेका लक्षीत जनसंख्यालाई कोभिड १९ बिरुद्धको खोप लगाउने, कोभिड १९ बिरुद्धको खोपको पहुँचमा नरहेका जनसंख्या पहिचान गरि खोप लगाउने र लगाउन सिफारिस गर्ने बिषयमा पनि छलफल भएको थियोे । साथै समुदायमा छुटेका नागरिकलाई कोभिड १९ बिरुद्धको खोप लगाउन उत्प्रेरित तथा जागरुक गर्ने उदेश्यका साथ बैठकमा छलफल गरिएको थियोे । बैठकमा वाक नेपालका कार्यक्रम प्रबन्धक चेतराज जाेसिले कार्यक्रमको उदेश्य सहित स्वागत गर्नु भएकाे थियाे । यसैगरी बैठकमा मेल्लेख स्वास्थ्य शाखा बाट कोभिड बिरुद्धको खोपको हालसम्मको अवस्था बारे स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्लाले जानकारी गराएका थिए ।

बैठकमा प्रमुख प्राशासकिय अधिकृत धुर्ब प्रसाद सापकोटा, वडा अध्यक्ष मध्य बाट वडा नम्वर ५ का वडा अध्यक्ष तथा सामाजिक विकास संयाेजक प्रकाश अधिकारी, वाक नेपालका पुर्व अध्यक्ष मीन बहादुर कुवर लगायतले सुझाव मन्तव्य राखेका थिए ।

समिक्षा बैठकमा स्थानीय जनप्रतिनिधि , स्वास्थ्य इन्चार्ज महिला स्वास्थ्य स्वयंसेविका र संस्था का पदाधिकारीहरुका सहभागिता रहेकाे थियो । बैठककाे संचालन वाक नेपालका लेखा तथा प्राशासन अधिकृत कृत कुमार खड्का ले गर्नु भएकाे थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/