समाचार स्थानीय

मेल्लेखमा घर घरमै नेपाली नागरकिता पाएपछि स्थानीय खुसी

भदाै १७ अछाम जिल्ला काे मेल्लेख गाउँपालिका मा संचालन गरिएको नागरिकता वितरण सम्बन्धि घुम्ती शिविर बाट घर घरमै नेपाली नागरिकता पाए पछि स्थानीय बासि खुसि भएका छन ।
जिल्ला प्रशासन कार्यालय अछाम काे अायाेजना र मेल्लेख गाउँपालिकाकाे समन्वय मा जनताको घरदैलोमा सेवा दिने उदेश्यले संचालन गरिएको घुम्ती शिविर बाट मेल्लेखका ८ वटै वडा बाट ९६८ जनाले नागरिकता बनाएका थिए ।

भाद्र १ गते बाट सुरु गरिएको नागरिकता शिविर ४ मेल्लेखकाे दुर्गम बस्ती ऋषिदह पुगेर सम्पन्न गरिएको थियो ।
शिविर भाद्र १ र २ गते वडा न.४,५,६,७,८ काे लागि मेल्लेख मा शिविर संचालन गरिएको थियोे भने मेल्लेख बाट टाढाको दुरिमा रहेकाे वडा वडा न.३ ठाटि र ऋषिद वडा न. १ ,२ मा वडा मै पुगेर नागरिकता शिविर संचालन गरिएको मेल्लेख गाउपालिका का अध्यक्ष ज्वाला सिं साउँदले बताएका छन। मेल्लेख काे ऋषिदहबाट नागरिकता बनाउन मंगलसैन पुग्न पर व्यक्तिकाे ५ हजार भन्दा बढि खर्च हनुे गर्द छ । अधिकांश नागरिकले खर्च काे अभावले नयाँ नागरिकता र बिग्रेका नागरिकता काे प्रतिलिपी समेत लिन सकेकाे थिएन ,यसरी गाउँमै पुगेर नागरिकता वितरण भएपछि स्थानीय निकै खुसी भएका मेल्लेख गाउँपालिका वडा न १ ऋषिदहका का वडा अध्यक्ष दिल बहादुर धामीले बताएका छन ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/