प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८ स्थानीय

मेल्लेखमा जलवायु मैत्री कृषक पाठशाला सुरु

अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ ।

कृषक हरुलाई आधुनिक कृषि प्रणालीमा जगरुप गराई कृषि प्रविधि बारे जानकार कृषि मैत्रीमा सक्षम  बनाउने उदेश्यले पाठशाला सुरु गरिएको हाे ।

वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा  एकीकृत  उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना  अन्तर्गत बिभिन्न  बालिमा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिने छ । कृषक पाठशालामा बाली छानोट,जोखिम आकलन,माटो परिक्षण  देखि भण्डारण र बजारीकरण सम्मका विषयहरूमा प्रशिक्षण दिइनेछ। पाठशाला करिब १६ देखि २२ हप्ता सम्म सञ्चालन हुने र अन्त्यमा कृषक दिवस मनाएर कार्यक्रमको समापन गरिने परियोजना अधिकृत निरन्जना पनेरुले बताएकि छन ,उनका अनुसार यो कार्यक्रमले विश्वव्यापी जलवायु परिवर्तनले पुर्‍याएकाे नकारात्मक असरलाई कम गर्न, हरितगृह ग्यासको उत्सर्जन न्यून गर्न, खाद्य सुरक्षामा सुधार ल्याउन र किसानहरूलाई जलवायु अनुकूलन बनाउने लक्ष्य राखेको छ।

यो पहलले कृषकहरूको ज्ञान र सीपमा वृद्धि गर्दै उनीहरूको उत्पादन र आयस्रोतमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/