स्थानीय

मेल्लेखमा जाेखिम बालबालिका काे अवस्था बुझ्न अनुगमन ।

साउन २४ अछामको मेल्लेख गाउँपालिकामा अति जाेखिममा रहेका बालबालिकाहरुकाे अबस्था बुझ्न गाउँ ,टाेल बिद्यालय मा पुगेर अबस्था बारे जानकारी लिन अनुगमन गरिएकाे छ ।
बालबालिकाहरुकाे पछिल्लो अबस्था र ,जाेखिममा रहेका बालबालिका काे अबस्थाकाे विश्लेषण गरि सहयोग का लागि पहल गर्ने उदेश्य ले अनुगमनको आयाेजना गरिएको थियो ।
मेल्लेख गाउपालिका बालअधिकार समिति काे आयाेजना र आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारीमा संचालित बाल स्पाेन्सरसिप परियाेजन आर्थिक तथा प्राबिधिक सहयोग मा अनुगमन गरिएकाे बताएको छ ।
मेल्लेख गाउपालिका उपाध्यक्ष तथा बालअधिकार समिति सयांैजक नृप बहादुर खड्का काे नेतृत्वमा पालिका काे वडा न. ७ नन्देगडा डाडाबाड वडा न ५ काे जब्ला टाेलमा मा अनुगमन गरिएकाे जनाएको छ ।

अनुगमन टाेलिमा मेल्लेख गाउपालिका वडा न ५ का वडा अध्यक्ष प्रकाश अधिकारी वडा न .६ का वडा अध्यक्ष तिलक कडायत वडा न ७ का वडा अध्यक्ष प्रेम बहादुर महर अास्था नेपाल बाल स्पाेन्सरसिप परियाेजना सयाेजक मेनुका कुमारी मल्ल ,अनुगमन सयाेंजक हर्क बहादुर खड्का अस्था नेपाल फिल्ड अधिकृत तथा मेल्लेख बालअधिकार समिति सदस्य भ्वानसिह सार्की मेल्लेख प्रहरी चाैकि प्रहरी सहायक निरक्षक उत्तम चाैधरि पत्रकार लालबहादुर चदारा लगायतको सहभागिता रहेकाे थियाे ।

आस्था नेपाल ले मेल्लेखका बालबालिकाहरुका लागि थुप्रै क्रियाकलाप संचालन र अति जाेखिम बालबालिकाहरलाई सहयोग गर्दै आएको छ ।
मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/