समाचार

मेल्लेखमा परियोजनाकाे आगामी पन्चबर्षिय याेजना निर्माणकाे लागि कार्यशाला गाेष्ठी सम्पन्न

असार १७ मेल्लेख

अछामको मेल्लेख गाउँपालिका अन्तर्गत विभिन्न वडामा परियोजनाकाे आगामी पन्चबर्षिय याेजना निर्माणकाे लागि कार्यशाला गाेष्ठी सम्पन्न भएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्बर ४,५,६ र ७ साथै साफेबगर नगरपालिकाको वडा नम्बर ४ मस्टामाण्डौमा पनि कार्यशाला गाेष्ठी सम्पन्न भएको हाे ।
गाेष्ठीमा मेल्लेख गाउँपालिकाकाे समन्वय र वाक- नेपाल, आस्था- नेपाल र वल्डवभिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना र बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तर्गत वडास्तरीय सरोकारवालाहरू समुदायका लाभान्वित समूह र बालबालिकासँगको सक्रिय सहभागितामा परियोजनाको आगामी पञ्चवर्षीय रणनीति योजनाचक्र सम्बन्धी छलफल तथा सुझाव संकलन गरिएको थियो
कार्यशाला गोष्ठीमा स्थानीय जनप्रतिनिधि स्थानीय सराेकारवाल , वाक नेपाल आस्था नेपालका कार्यसमितिका पदाधिकारी ओल्डभिजन इन्टरनेसनल नेपालको प्रतिनिधि , परियोजना संयोजक अनुगमन अधिकृत मनोसामाजिक परामर्शकर्ता बाल संरक्षण अधिकृत र सामाजिक परिचालकको उपस्थित रहेको थियो।

लाल ब. चदारा
सूचना प्रविधि केन्द्र (समाचार दाता)