समाचार

मेल्लेखमा पहिरो जाेखिम क्षेत्र पहिचान र विवरण संकलन

असाेज ८ मेल्लख गाउपालिका बिपद व्यवस्थापन समिति काे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएका छ । मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्षातमा भएकाे बैठक मा केहि दिन अघि अाएकाे लगातार बर्षा का कारण मेल्लेख का विभिन्न स्थान मा गएकाे पहिराे बाट भएकाे क्षेति बारे लेखाजोखा गरेकाे छ । पहिराे बाट उच्च जाेखिममा रहेका टाेल बस्ती ,र जाेखिमा परेका घरधुरी काे बिवरण संकलन गरेकाे छ ।यस्तै विपद संकट क्षेत्र घाेषणा गर्ने , वडा स्तरीय विपद समिति गठन, विपद जाेखिम क्षेत्रकाे समस्य पहिचान ,गरेकाे छ । यसैगरी डेङगाे राेग लाग्न सक्ने सम्भावना लाई मध्यनजर गर्दै बच्ने उपाय ,र सरसफाइमा ध्यान दिने बिषयमा पनि छलफल गरिएको छ ।साथै पहिरो मा परि ढकारि ,तर्माखाद, कमलबजार मा भएकाे मानबिय ,जनधनको क्षेतप्रति पालिकाले साेक पारित समेत गरेकाे छ । बैठकमा मेल्लेख गाउँपालिका का उपाध्यक्ष नृप बहादुर खड्का प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकोटा ,मेल्लेख गाउपालिका वडा अन्तर्गतका वडा अध्यक्षहरु विपद समिति का पदाधिकारी हरु लगायतको सहभागिता रहेकाे बैठक काे संचालन पालिका विपद समिति सचिव नमराज बहादुर शाहीले गर्नु भएको थियाे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/